रामेछाप बस दुर्घटना : मृतकका परिवारलाई सुनापति गाउँपालिकाले आर्थिक सहयाेग गर्ने

 असार २२, २०७९ बुधबार १९:३३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रामेछाप – रामेछापको सुनापती गाउँपालिकाले हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका आफ्नो क्षेत्रका नागरिकका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । 

बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई ३० हजार रुपैयाँका दरले दाहसंस्कार तथा काजकिरिया खर्च उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले जानकारी दिनुभयो । उहाँले विज्ञप्ति निकालेर दुर्घटनाका कारण गाउँपालिका शोकमा रहेको बताउनुभयो ।  

हिजो बिहान सुनापती गाउँपालिकाबाट छुटेको बस खाँडादेवी गाउँपालिका वडा नम्बर १ मा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये सुनापती गाउँपालिकाका १० जना रहेका छन् ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया