काठमाण्डौमा भएको दुर्घटनामा दुई जनाको ज्यान गयो

 असार २३, २०७९ बिहिबार ७:४१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

गएराति २ बजे सानो भर्याङमा बा ९५ प ९७२३ नम्बरको स्कुटर पल्टिँदा स्कुटरको पछाडि बस्ने चितवनका अर्जुन लोहनीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उहाँको मनमोहन मेडिकल कलेज सीतापाइलामा ज्यान गएको हो । स्कुटर चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार स्कुटर अनियन्त्रित भइ डिभाइडरमा ठोक्किएको थियो ।

यस्तै, काठमाण्डौको शङ्खरापुर नगरपालिका-९ खुलालटारमा गएराति मोटरसाइकल पल्टिँदा चालकको ज्यान गएको छ । बा ५८ प ६५५० नम्बरको मोटरसाइकल पल्टिँदा चालक त्यहीँ ठाउँका ४५ वर्षका दीपक केसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया