काठमाण्डाै उपत्यकामा थप २ जना हैजा सङ्क्रमण पुष्टि

 असार २३, २०७९ बिहिबार १९:५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा थप दुई जनामा हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ ।

गए राति कागेश्वरी मनहरा नगरपालिकाका ६ का १२ वर्षीय बालक र काठमाण्डाै १३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएकाे हाे । याेसँगै अहिलेसम्म काठमाण्डौ उपत्यकामा २३ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिनुभयो । 

उहाँका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरा अस्पताल र काठमाण्डौका ५८ वर्षका पुरुषको टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया