सबै पालिकामा रोजगार सहायक पदमा दरखास्त आह्वान

 असार २५, २०७९ शनिबार ८:२१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ७ सय ५३ वटै पालिकाका रोजगार सेवा केन्द्रमा रिक्त रहेको रोजगार सहायक पदमा पदपूर्तिका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले दरखास्त आह्वान गरेको छ ।

हरेक गाउँपालिका र नगरपालिकामा खुला प्रतिस्पर्धाबाट करारमा एक/एक जना रोजगार सहायक पदका लागि विज्ञापन गरिएको हो ।

स्थानीय सेवाको सहायक पाँचौँ तहमा योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

दरखास्त दिने अन्तिम मिति साउन ८ गतेसम्म रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमले निकालेको सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया