‘बेपत्ता भएका व्यक्ति पत्ता लागेनन्’ भनेर हिँड्न मिल्दैन, पचासाैँ वर्ष खाेजी हुन्छ : अध्यक्ष सुवेदी

 असार २६, २०७९ आइतबार १८:२५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले पीडित केन्द्रित भएर आयोगले बेपत्ता भएका मानिसको अनुसन्धान गरिरहेको बताउनुभएको छ । 

आज आइतवार काठमाण्डौमा भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ विधेयक संशोधन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष सुवेदीले सरकारले बेपत्ता भएका व्यक्तिको सत्य, तथ्य पत्ता लगाएर हराएको हो भन्ने कुराको निर्णय गर्नुपर्ने र सत्य नबुझी गैरजिम्मेवार बन्न नुहने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बेपत्ता भएका व्यक्तिको सत्य, तथ्य पत्ता लगाउनुपर्छ । बेपत्ता छ भने कहाँ, कसरी ? सबै भन्नुपर्छ । नभए पचासौँ वर्ष खोजी हुन्छ । पीडक पत्ता लागेन, कसले बेपत्ता पारेको हो भनेर पीडितलाई माया मारेर हिँड्ने हो र हामीले ? ऐनमा पीडक भन्ने भाषा राख्नेबित्तिकै हामी आतङ्कित हुनुपर्ने अवस्था छ र ? छैन । छानबिन हुन्छ तर हामी पीडित केन्द्रित छाैँ ।’

अध्यक्ष सुवेदीले दुई हजार चार सय ९८ बेपत्ता भएकामध्ये अहिलेसम्म एक हजार तीन सय २१ परिवारका तीन हजार नौ सय ९३ जनालाई परिचयपत्र दिइसकेका बताउनुभयो । उहाँले बेपत्ता परिवारका सदस्यहरूले आफ्नो पालिकामा गएर संविधानले तोकेका हक, अधिकार माग्न पनि आग्रह गर्नुभयो । उहाँले आयोगले सशस्त्र द्वन्द्वको बेलामा हराएका व्यक्तिको सत्य, तथ्य छानबिन गरेर उनीहरुलाई निःशुल्क स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्ने काम गरिरहेको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया