आज विश्व जनसङ्ख्या दिवस मनाइँदै

 असार २७, २०७९ सोमबार ९:३७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानअनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको छ ।

सन् १९८९ देखि हरेक वर्षको जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दालाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ ।

यसपालिको नारा ८ अर्ब मानवको विश्व : सबैका लागि समुत्थापित भविष्यतर्फ–अवसरको सदुपयोग तथा सबैका लागि अधिकार र चयनमा सुनिश्चितता भन्ने नारा तय गरिएको छ ।

नेपालको परिवर्तित जनसाङ्ख्यिकी बनावटको सही व्यवस्थापन गर्ने विषय चुनौतीको रुपमा रहेको छ ।

गरिबी, अशिक्षा, हिंसा विभेद जस्ता कारण सबैलाई समान पहुँचमा पुर्याउन चुनौती छ । अहिले जनसङ्ख्या वृद्धिद्धर घट्दै गए पनि जनसङ्ख्या स्थिर हुन अझै कम्तीमा दुई तीन दशक लाग्ने अनुमान छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ भने पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ ।

 नेपालका ७७ जिल्लामध्ये उच्च हिमाल र मध्य पहाडका ३२ जिल्लामा जनसङ्ख्याकाे वार्षिक वृद्धिदर ऋणात्मक छ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया