सुदूरपश्चिम प्रदेश सरकारद्वारा बडघर प्रथालाई कानूनी मान्यता दि...
माघ १४, २०८१ सोमबार
काठमाण्डाै - कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताउनु भएको छ ।
सामाजिक सञ्जालमा उहाँले यस्तो विधेयक ल्याउने काम कसरी भयो र कसले सल्लाह दियो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ ।
महामन्त्री शर्माले लेख्नु भएको छ – ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा शतप्रतिशत प्रष्ट छौँ हामी ! संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’
कांग्रेसकै अर्का महान्त्री गगन थापाले पनि संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताउनु भएको छ । सरकारले हालै राष्ट्रिय सभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ दर्ता गराएपछि संविधान विपरीत भन्दै यसको चौतर्फी विरोध भइरहेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखेर प्रधानमन्त्री देउवाले पनि विधेयक ल्याएपछि आलोचना भइरहेको हो ।
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 11, 2022
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।