नेपाली सेनाकाे भोलिदेखि फोटो तथा वृहद प्रदर्शनी
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – रातोपुलको धोबीखोलामा फोहर फाल्ने कम्पनी प्राक्टिकल बेस्ट सोलुसन प्रालिलाई काठमाण्डौ महानगरपालिकाले २५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
महानगरपालिकाले फाेहर फाल्ने कम्पनीलाई आज साेमवार २५ हजार रुपैयाँ जरिबाना तिराएको मेयर बालेन्द्र शाहले फेसबुकमार्फत जानकारी दिनुभएको छ । शाहले कुनै पनि अवाञ्छित कार्यहरू कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन आवश्यक भएको बताउनुभएको छ ।
शाहले फोहर फालेको तस्बिर/भिडियाे सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिएकोमा धन्यवाद दिनुभएकाे छ । उहाँले आउँदा दिनमा यस्ता कार्य नदोहोर्याउन र गरेको पाइएमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्नुभएको छ ।
बेस्ट सोलुसनले हिजाे आइतवार धोबीखोलामा फोहर फालिरहेको भिडियो र फोटो सामाजिक सञ्जालमा आएपछि त्यसको निकै आलोचना भइरहेको थियो ।
तस्बिर स्राेत : सराेज बस्नेत
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।