ओलीले विधेयक ल्याउँदा विराेध गरेर अहिले आफैँले ल्याउन मिल्दैन : शेखर काेइराला

 असार २७, २०७९ सोमबार १८:३४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको छ । 

पार्टीको केन्द्रीय समितिको बैठकका सानेपा पुग्नुभएका नेता कोइरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको हो । उहाँले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै त्याे विधेयक लैजानु नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘ओलीजीकाे पालामा संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउँदा कांग्रेसले यो गलत प्रक्रिया हो, याे ल्याउनु हुँदैन भनेकाे थियाे । आज फेरि आफैँले ल्याउन मिल्दैन ।’

नेता काेइरालाले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्न नहुने पनि बताउनुभयो । सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने उहाँकाे भनाइ छ । 

हिजाे आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गर्नुभएकाे थियाे । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया