अंशबन्डामा विवाद हुँदा भाउजुलाई खुकुरी प्रहार गर्ने देवर पक्राउ

 असार २७, २०७९ सोमबार १९:११:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा देवरले भाउजुमाथि खुकुरी प्रहार गरेका छन् । जग्गाको अंशबन्डामा विवाद हुँदा त्रिवेणी गाउँपालिका १ रुँघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीय भाउजु दिलसरा बोहरा खड्कामाथि खुकुरी प्रहार गरेका हुन् । 

भाउजुमाथि खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले आइतवार राति जग्गाको अंशबन्डाको विषयमा झगडा हुँदा देउकुमारले दिलसरालाई खुकरी प्रहार गरेको बताउनुभयो । घटनालगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पठाएर खड्कालाई पक्राउ गरिएको थियो । 

घाइते दिलसराको अवस्था गम्भीर भएपछि थप उपचारका लागि आज सोमवार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको छ । उहाँको टाउको र हातमा गहिरो चोट लागेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिनुभयो । 

खुकुरी प्रहार गर्ने देवरमाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया