सुदूरपश्चिम प्रदेश सरकारद्वारा बडघर प्रथालाई कानूनी मान्यता दि...
माघ १४, २०८१ सोमबार
सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका ५ मा आज मङ्गलवार पोखरीमा डुबेर एकै गाउँका दुई बालिकाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा कञ्चनरुप ५ बस्ने सुकदेव सदाका १३ वर्षीया छोरी रजनी र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री रहेका इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात/आठ जना बालिका मिलेर त्यही ठाउँका दीपक चौधरीको पोखरीमा आज नुहाउन गएका थिए ।
नुहाउने क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले जनाएका छन् । सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा ज्यान गएकाे हाे भने रजनीको कञ्चनपुरमा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।