कांग्रेस केन्द्रीय सदस्यहरूले भने– गठबन्धनलाई आउँदाे चुनावसम्म लैजानुपर्छ

 असार २८, २०७९ मंगलबार १९:२२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले गठबन्धनलाई आउँदाे सङ्घ र प्रदेशकाे चुनावसम्म लैजानुपर्नेमा जोड दिएका छन् । 

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा सदस्यहरूले पार्टीले विजय हासिल गर्नुमा गठबन्धनले मद्दत गरेको बताएका छन् । केन्द्रीय सदस्यहरूले गठबन्धनले समग्र परिणाममा राम्रो गरेकाले आउँदाे चुनावसम्म यसलाई निरन्तरता दिनुपर्ने धारणा राखेका हुन् । 

नेताहरूले समानुपातिक निर्वाचन प्रणाली भएका कारण पनि गठबन्धन गर्नुको विकल्प नभएको धारणा राखेका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो । त्यस्तै विगतको गठबन्धनबाट पाठ सिकेर साउनभित्रैमा गठबन्धनको विषयमा टुङ्गो लगाउनुपर्ने र भदाैभित्रैमा पार्टीको टिकटको टुङ्गो लगाइसक्नुपर्नेमा नेताहरूले जोड गरेकका प्रवक्ता महतले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘समग्रमा समीक्षा र आउँदा दिनमा कसरी पार्टी जानुपर्छ भन्ने विषयमै छलफल केन्द्रित छ । आज बोल्ने सबै साथीहरूले गठबन्धनलाई अगाडि बढाउनुपर्छ भन्नुभएकाे छ । समानुपातिक निर्वाचन प्रणालीका कारण पनि गठबन्धनकाे विकल्प छैन भन्नुभएकाे छ ।’

प्रवक्ता महतले पार्टीप्रतिको असन्तुष्टि र फरक मत बाहिर नराख्न नेताहरूलाई आग्रह गरिएको बताउनुभयो । उहाँले असन्तुष्टिहरू बैठकमा राख्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले पार्टी एकताबद्ध रहेको सन्देश दिनका लागि सबै विषय बैठकभन्दा बाहिर राख्न नहुने उल्लेख गर्नुभयाे । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया