नागरिकता विधेयक पारितका लागि सहयोग गर्न सांसदहरुलाई गृहमन्त्री खाणकाे आग्रह

 असार २९, २०७९ बुधबार १५:७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले संसदमा पेस गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ । 

लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधान अनुसार विधेयक ल्याएको उल्लेख गर्दै विधेयक पारित गर्न सहयोग ‍गर्न उहाँले सांसदहरुलाई अनुरोध गर्नु भएको हो।

आजकाे प्रतिनिधि सभा बैठकमा विधेयक देशको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरु डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेस गरेका थिए ।

मन्त्री खाणले संविधानको प्रावधान अनुसार अघि बढाएको विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटकपटक दोहोर्याउनु भयो ।

गृहमन्त्री खाणले संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यहीअनुसार विधेयक सरकारले ल्याइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको प्रावधान अनुसार नै सरकारले यो विधेयकलाई अघि बढाएको हो । नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ लाई अगाडि बढाएर यसलाई पास गर्न सकियोस् । र, पारित विधेयकलाई हामीले ऐन बनाउन सकौँ । याे विषयलाई संवेदनशील रुपमा लिँदै यो विधेयकलाई अगाडि बढाउने क्रममा सांसदहरुकाे पनि साथ र सहयोगका लागि आग्रह गर्दछु।’

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया