तीन घण्टादेखि वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

 असार २९, २०७९ बुधबार १७:४६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पछिल्लो तीन घण्टायता काठमाण्डौ उपत्यकासहित सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट आसपासको क्षेत्रमा ठूलो पानी परिरहेको छ ।

४ वटा जिल्लामा ठूलो पानी परिरहेकाले नदी तथा खोलामा पानीको बहाव बढेको छ । विशेष गरी खिम्ती खोला र सोलुखोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले  आज राति ९ बजेसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पानी पर्ने क्रम अझै एक/दुई घण्टा कायम रहने मौसमविद् सजिना शाक्यले बताउनुभयो । यस्तै अहिले वाग्मतीसँगै प्रदेश-१ र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।  

पछिल्लो तीन घण्टामा काठमाण्डौ उपत्यकामा ३२ मिलिमिटर, जिरीमा ३५, सोलुखुम्बुमा ५३ मिलिमिटर र सिन्धुपाल्चोकमा ३८ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा अहिले बेलुका ठूलो पानी परेकाले उपत्यका भएर बग्ने नदी तथा खोलामा पनि पानीको बहाव बढेको छ । 

ग्राफ : बाढी पूर्वानुमान महाशाखा

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prem bahadur karki

    July 13, 2022, 10:01 p.m.

    सिन्धुलीको दुधौलीमा पानी छैन, कहिलेसम्म पर्नेरहेछ ? हाम्रो रोपाइँ भएको छैन /

  •  0 Reply

तपाईको प्रतिक्रिया