अब प्रश्नपत्र बनाउने काममा कठोर बन्छाैँ : त्रिवि उपकुलपति बास्काेटा

 असार ३०, २०७९ बिहीबार १५:५०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले स्नातकोत्तर तहको पहिलो सेमेस्टार राजनीतिशास्त्रको प्रश्नपत्र बाहिर आएको स्वीकार गर्नुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै उहाँले त्योभन्दा अगाडि त्यही तहको प्रश्नपत्र बाहिर आएको छानबिन गरिरहँदा अर्को घटना दोहोरिएको बताउनुभयो । 

उपकुलपति बास्कोटाले प्रश्नपत्र बाहिर आएको विषयमा छानबिन गर्दा सत्यता रहेको पाइएको बताउनुभयो । उहाँले छानबिन समितिले प्रश्न बाहिर ल्याउन संलग्नलाई कारबाही गर्ने निर्णय गरेको पनि सुनाउनुभयाे । उहाँले भन्नुभयो, ‘पहिलो प्रश्न पत्रको छानबिन गर्न नपाउँदै दोस्रो पटक प्रश्नपत्र दोहोरिएको घटना बाहिर आयो । सन् २०२० मा जुन प्रश्न आएको थियो, सन् २०२१ मा पनि त्यही प्रश्नपत्र आएको पाइयो । परीक्षा समितिले यस्तो गल्ती गर्नेलाई के–कस्तो कारबाही गर्ने भनेर निर्णय गरिसकेकाे छ । अब त्रिविको कार्यविधिमा नै यस्तो गल्ती गर्नेलाई कस्तो कारबाही गर्ने भन्ने विषय यकिन गर्नुपर्ने देखिएको छ ।’

उपकुलपति बास्कोटाले विभिन्न घटनाबाट पाठ सिकेर अब प्रश्नपत्र बनाउने काममा कठोर बन्ने निर्णय भइसकेको बताउनुभयो । उहाँले अब हुबहु प्रश्नपत्र बनाउन जो सहभागी हुन्छ उसलाई तीन वर्षसम्म पठनपाठन र परीक्षामा सहभागी नगराउने निर्णय भएको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया