इमानदार हुन्छु, तटस्थ भूमिका निभाउँछु : उपसभामुख भुसाल

 असार ३१, २०७९ शुक्रबार १८:१९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आफ्नो जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने बताउनुभएको छ ।

आज शुक्रवार उपसभामुखमा निर्वाचित भएसँगै संसद् भवन नयाँ बानेश्वबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमानदारितापूर्वक निर्वाह गर्ने बताउनुभएको हो । उहाँले संविधानको कार्यान्वयनका लागि आफ्नो भूमिका रहने उल्लेख गर्नुभयो । 

राष्ट्रिय राजनीतिको विविध आयामलाई व्यवस्थापन गर्न, जनजीविकाको सवाललाई सदनमा उठाउनका लागि र देशको समृद्धिका लागि आफूले भूमिका खेल्ने उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘उपसभामुखमा निर्वाचित भइसकेपछि हाम्रो काँधमा केही जिम्मेवारीहरू थपिएको छ । संविधान कार्यान्वयनका लागि, समावेशी लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार देशकाे राष्ट्रिय राजनीतिमा देखापरेका आयामहरूलाई व्यवस्थापन गर्नका लागि, जनजीविकाको सवालमा सदनमा अत्यन्त महत्त्वपूर्ण ढङ्गबाट विषय उठाउनेछु । सदनमा एउटा तटस्थताको भूमिकालाई निर्वाह गर्नका जिम्मेवारी थपिएको छ ।’

उपसभामुख भुसालले संवैधानिक परिषदमा समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । संवैधानिक परिषद्सँग संविधानले राखेको अपेक्षा पूरा गर्न आफूले प्रभावकारी ढङ्गले काम गर्ने उहाँको भनाइ छ ।

उहाँले आफू सम्बद्ध राजनीतिक दलसँग सम्बन्धित सबै प्रकारका राजनीतिक जिम्मेवारीहरू स्थगित गरेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया