नागरिक र प्रेससँग डराउने सरकारले पाँच वर्षमा केही  गर्न सक्दैन : गगन थापा

 असोज ८, २०७५ सोमबार १४:१२:४१ | देव पचभैया
unn.prixa.net

पाल्पा – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संविधान कार्यान्वयनका लागि वर्तमान सरकारले तत्परता नदेखाएको आरोप लगाउनुभएको छ । 

संघीयताको कार्यान्वयन पेचिलो बनेको, प्रदेश सरकारका मुख्यमन्त्रीहरुले एक ठाउँमा उभिएर सरकारसँग प्रश्न गरेको प्रसंग उठाउँदै नेता थापाले तत्काल समस्या समाधानतिर  नलागे  सिंगो पद्धति नै दुर्घटनामा पर्ने चेतावनी दिनुभयो ।  

नेपाल प्रेस युनियन पाल्पाले सोमबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारमै रहेका प्रदेश सांसदले चितवनमा प्रदेश सभा विघटन गरे हुन्छ भन्ने भाषण गरेको भन्दै संघिय सभा सदस्य समेत रहनुभएको नेता थापाले अहिले देखिन  थालेका असन्तुष्टिलाई सम्बोधन गर्न पनि कांग्रेस सहयोगीको भूमिका खेल्न तयार रहेको बताउनुभयो । वित्तीय आयोग बनाउन,  कानुन संशाोधन लागि काग्रेस तयार रहेको उहाको भनाई थियो । 

प्रधानमन्त्रीलाई संघीयताको विपक्षमा उभिने छुट छैन 

नेकपाका अध्यक्ष केपी शर्मा ओली व्यतिmगत रुपमा संघीयताको कहिल्ल्यै पनि प्रसंशक नभएको भन्दै त्यो उहाँको व्यतिmगत कुरा भए पनि  नेपालको प्रधामन्त्रीलाई त्यो छुट नभएको थापाको भनाई छ । 

संघीय नेपालको प्रधानमन्त्री भएर संघीयता कार्यान्वयनमा अरुची राख्ने, बेवास्ता गर्ने काम गर्न नमिल्ने नेता थापाको जिकिर छ । अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो राख्ने सवालमा समेत वर्तमान सरकार चुकेको थापाको भनाई छ ।

सुशासनको सवालमा सरकार असफल भएको भन्दै नागरिक र प्रेससँग डराउन छाडेको सरकारले अबको ५ वर्षसम्म केही गर्न नसक्ने दाबी गर्नुभयो । बहुमतसहितको यस्तो अनुकलताको अवस्थामा समेत केही गर्न नसक्नु व्यर्थमा ५ वर्षको समय खेर फाल्नुमात्रै हुने उहाँको भनाई छ । 

दुई वर्ष  बाँकी रहँदै नेताहरु जिल्ला डुल्नु दुर्भाग्य 

नेपाली कांग्रेसको अधिवेशन आउन अझै दुई वर्षभन्दा बढी बाँकी छँदै पार्टीका नेताहरुको जिल्ला दौड सुरु भएको भन्दै उहाँले त्यो आवश्यक नभएको बताउनुभयो । प्रदेश र स्थानीय कमिटीलाई बलियो बनाउनुसाटो केन्द्रकै नेताहरुको दौडधुप बढी भएको भन्दै उहाँले त्यसले पार्टीलाई फाइदा भन्दा बेफाइदा बढी हुने बताउनुभयो । 


 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

2 Comments

  • Akkal

    Sept. 24, 2018, 5:35 p.m.

    बाल्कृस्न खाद अहिले त समानुपातिक सन्सद हुन उनले पुरै उथलपुथल नै नगरे नि केही काम गरेका छन गगन थापाले के काम गर्नु भो भन्ने मित्रले उहाँ स्वास्थ मन्त्री हुदा ल्यायको Vip सरकारी पैसामा बिदेश भ्रमन जान नपाउने कानुन म्रगौला रोगीलाई सौलिहत स्वास्थ बिमा जस्ता कुरा सरहानिय छन अर्काको बारेमा उल्टो सोच्दा ध्यान पुराउनुस मित्र त्यसको कार्यन्यन गर्दै जाने काम सरकारको हो

  •  0 Reply
  • Kamal bhusal

    Sept. 24, 2018, 2:38 p.m.

    गगन सर हजुरले के गर्नु भयो यो देशको लागि सब फेक हुन जो आए पनि यस्तै हो /मेरो गाउँमा सवभन्दा पहिला त्यहि थियो , हजुरको पार्टीले केहि गर्न सकेन / घनश्याम भुषाललाई हराए पनि गाउँको प्रगति भाको छैन , अब त यस्तो लाग्छ हामी जनता भेंडा हौँ जता जे भन्यो, त्यतै लाग्ने / बालकृष्ण खांड जस्तो नेता हुनुहुन्छ, उहाँले मेरो गाउँवाट ४ पल्ट जित्नुभयो खै विकाश ? बस आफ्नो खल्ती भर्ने काम गर्नु भो यहि हो हजुरको सिद्दान्त /

  •  0 Reply

तपाईको प्रतिक्रिया