मोदीसँगको भेट 'क्यान्सिल' किन भयो थाहा छैन : प्रचण्ड

 साउन १, २०७९ आइतबार १९:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेट नहुनुकाे कारण पत्ता नलागेकाे बताउनुभएकाे छ । तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री मोदीसँगको भेट अन्तिम समयमा आएर नभएको भन्दै त्यसको कारण पत्ता नलागेको प्रतिक्रिया दिनुभएकाे हाे । मोदीको कार्य व्यस्तता एवम् आफूसँग गर्नुपर्ने कुरा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भइसकेको कारण पनि भेट नभएको हुनसक्ने दाहालले बताउनुभयो ।  

यसैबीच अध्यक्ष दाहालले भारत भ्रमण अपेक्षाअनुसार सफल भएकाे दाबी गर्नुभयाे । यो भेटले तत्कालका समस्या समाधान गर्ने र नेपालको केही न केही प्रगति हुनेमा आशावादी रहेको उहाँकाे भनाइ छ । 

यस्तै भाजपा अध्यक्ष नड्डाले नेपालको माओवादी र भाजपाबीच अब संयुक्त बैठक डाक्ने, भेटघाट गर्ने र पार्टीका बारेमा छलफल गरी सम्बन्ध विस्तार गर्ने बारेमा प्रस्ताव राखेको र आफूले त्याे प्रस्ताव स्वीकारेको उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया