भूमिहीनलाई जमिन उपलब्ध गराउन भूमि आयोग र खाेटाङका पालिकाबीच सम्झौता

 साउन ४, २०७९ बुधबार २०:३१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

खोटाङ – भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लक्ष्यका साथ राष्ट्रिय भूमि आयोग र खोटाङका १० पालिकाबीचमा सम्झौता गरिएको छ । भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गर्नेदेखि आवश्यक जमिन उपलब्ध गराएर लालपुर्जा वितरणसम्मका कामका लागि भूमि आयोग र पालिकाका प्रमुखबीचमा आज बुधवार सम्झौता भएको हो । 

दिक्तेलमा आयोजित जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र १० पालिकाका प्रमुख/उपप्रमुखबीचमा २३ बुँदे सम्झौता कायम गरिएको हो । सम्झौता पत्रमा पालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम गर्ने, पालिकाले आयोगसँगको समन्वयमा प्रत्येक बस्तीका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको अनुमानित घर सङ्ख्याको लगत तयार गरी आयोग समक्ष पेस गर्ने लगायतका बुँदा उल्लेख छ । 

सम्झौता पत्रमा आयोग र पालकाले जग्गाको पहिचान र छनाेट गर्ने, समझदारी–पत्रको अवधि उद्देश्य बमोजिमको काम सम्पन्न नभएसम्मका लागि कायम रहने उल्लेख छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया