अब देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष प्रचण्ड

 साउन ६, २०७९ शुक्रबार १८:२५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे चुनावबाट देशको आफ्नाे पार्टीले गर्ने दाबी गर्नुभएको छ । 

आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले आउँदाे सङ्घ र प्रदेश चुनावबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अब एक पटक फेरि पुनर्स्थापित हुने माओवादी नै हो । यो देशमा माओवादी पुनर्स्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने चुनावमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एक पटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन ।’

अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता/कार्यकर्ताको सङ्ख्या बढिरहेको भन्दै यसले नेकपा माओवादीलाई एक पटक फेरि सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नेकपा माओवादी पार्टीकै जोडबलमा आज सङ्घीय संसदबाट नागरिकताबारे निर्णय हुन लागेको दाबी पनि गर्नुभयाे । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया