मङ्कीपक्सले अमेरिका–बेलायतमा हायलकायल बनाइसक्याे, सरकार निद्रामा छ : सांसद भट्टराई

 साउन १०, २०७९ मंगलबार १४:२०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाउनुभएको छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले अमेरिका, बेलायतलगायतका विकसित देशमा पनि मङ्कीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमा नाकाहरूमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताउनुभयो । 

सांसद भट्टराईले सरकारले कुनै पनि किसिमबाट मङ्कीपक्सकाे बारेमा नागरिकलाई सुसूचित गर्न चासो नदिएको गुनासाे गर्नुभयाे । उहाँले जनस्वास्थ्यको कुरामा सरकार निद्राकाे अवस्थामा रहनु दुःखद भएको बताउनुभयो । सांसद भट्टराईले छिमेकी देश भारतमा चार जनामा मङ्कीपक्स पुष्टि भइसकेकोले नेपाल पनि यो विपदबाट टाढा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मङ्कीपक्सले हायलकायल बनाएको छ । सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढङ्गले नेपाली जनतालाई सुसूचित गरेको छैन । सरकार मौन बसिरहेको छ । सरकार निद्राकाे अवस्थामा छ । विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिइसकेको छ, स्वास्थ्य सङ्कटकालको घोषणा गरिसकेको छ । हाम्रा सीमानामा एउटा पनि साइनबोर्ड राखिएको छैन । विमानस्थलमा यसबारेमा कुनै सचेतना दिइएको छैन । सञ्चारमाध्यमबाट सरकारले कुनै विज्ञापन, सूचना सार्वजनिक गरेको छैन ।’

सांसद भट्टराईले काठमाण्डाै उपत्यकामा हैजा फैरिरहेकाे भन्दै पिउने पानीका मुहान र वितरण गर्ने ट्याङ्करको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया