पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदन लेख्न थाल्यो

 साउन ११, २०७९ बुधबार १४:१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन लेख्न थालेको छ । अध्ययन/अनुसन्धानको काम सकिएपछि आजदेखि प्रतिवेदन लेख्न थालिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

समितिलाई दोस्रो पटक थपिएको समय आज सकिँदैछ । आज प्रतिवेदन लेखिसकेर भोलि संसद सचिवालयमा बुझाउने तयारी गरिएको सचिव अर्यालले बताउनुभयो । तर प्रतिवेदनले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा पुगेका हुन् या होइनन् भन्ने बारेमा ठ्याक्कै भन्न नसक्ने देखिएको छ । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज डिलिट भयो भने पनि प्रहरीको फरेन्सिक ल्याबमार्फत हार्डडिस्क रिकभर भएको छ ।

तर फुटेजमा स्पष्ट दृष्य नभएको र भरपर्दो प्रमाण नभेटिँदा समितिले करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्न पुष्टि गर्ने आधार फेला पारेको छैन । फरेन्सिक ल्याबबाट प्राप्त फुटेजलाई अविश्वास गर्न पनि नसकिएको र विश्वास गर्दा पनि स्पष्ट दृष्य नपाएकोले दोधारमा परिएको एक सदस्यले उज्यालोसँग भनेका छन् । समितिले हिजो फरेन्सिक ल्याबकै विज्ञसँग पनि छलफल गरेको थियो । चालु आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।

यो आरोपबारे छानबिन सभामुख अग्नि सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेसँगै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनु भएको थियो ।
 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया