गठबन्धनको विकल्प खोजिँदैन : अध्यक्ष प्रचण्ड

 साउन १२, २०७९ बिहीबार १६:२४:३८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन आउँदो चुनावसम्म जाने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहीवार बसेको स्थायी समितिको बैठकमा उहाँले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताउनुभएको हो ।

उहाँले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताउनुभएको थियो । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मालोचना नगरेका कारण नेकपा एमालेसँग गठबन्धन हुने 'च्याप्टर क्लोज' भएको अध्यक्ष दाहालको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ, यसैलाई बढी सुदृढ बनाएर चुनावमा जानुपर्छ ।’ बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, पार्टीको साङ्गठनिक जीवन एवम् अवस्थालगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष प्रचण्डले संविधानको रक्षाका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताउनुभएको थियो । नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रवार बिहान बस्ने गरी स्थगन भएको छ । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया