माओवादी समर्थित पत्रकारलाई पार्टीको पक्षमा एउटा 'ट्वीट' गर्ने जाँगर पनि छैन : प्रचण्ड

 साउन १३, २०७९ शुक्रबार १८:२६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन नै आजको राजनीतिको मूलधार भएको जिकिर गर्नुभएकाे छ । आज शुक्रवार प्रेस सेन्टर नेपालकाे केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

अध्यक्ष प्रचण्डले माओवादी समर्थित पत्रकारहरूलाई पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर पनि नभएको टिप्पणी गर्नुभयो । उहाँले देशमा अहिलेसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुई वटा सरकार मात्र भएको दाबी पनि गर्नुभयो ।

अध्यक्ष दाहालले वर्तमान सत्तारूढ गठबन्धन प्रदेश र सङ्घको चुनावसम्म कायम रहने बताउनुभयो । उहाँले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म चुनावपछि पनि गठबन्धन कायम रहने बताउनुभयो । गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने र नयाँ परिस्थिति बनाउने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया