नौबिसे-मुग्लिन सडक खण्ड एकतर्फी, पहिरो हटेपछि मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालन

 साउन १६, २०७९ सोमबार ६:५४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नौबिसे-मुग्लिन सडक खण्डका ठाउँ-ठाउँमा पहिरो खसेको छ । कालीखोला, फिस्लिङ, कुरिनटार लगायत ठाउँ-ठाउँमा पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो गएको ठाउँमा एकतर्फी गाडी चलिरहेका छन् ।

यस्तै, मुग्लिन-नारायणगढ सडक खण्डमा खसेको पहिरो भने हटाइएको छ । पहिरो हटेसँगै बिहान साढे ६ बजेदेखि दुईतर्फी नै गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति पौने ४ बजे मुग्लिन-नारायणगढ सडक खण्डको केराबारीमा पहिरो खसेको थियो । हिजोदेखि लगातारजसो पानी परिरहेकाले पहिरोको जोखिम बढेको भन्दै यो सडक खण्डमा यात्रा गर्दा सडकको अवस्था बुझ्न प्रहरीको अनुरोध छ । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया