केपी ओलीकाे गुप्तचरी गरिएकाे छैन : सरकारका प्रवक्ता

 साउन २०, २०७९ शुक्रबार १६:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्यापिङ गरी वैतिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको स्पष्टीकरण दिएकाे छ ।  

आज शुक्रवार मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेकाे, यसको सम्मान र संवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । 

प्रवक्ता कार्कीले भन्नुभयाे, केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्यापिङ गरी वैतिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु । सरकार व्यक्तिकाे स्वतन्त्रता र गाेपनीयताकाे अधिकारप्रति सचेत छ, यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गर्दछु ।’ 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया