माओवादी केन्द्र ‘एक चीन नीति’ प्रति प्रष्ट छ : प्रचण्डकाे सचिवालय

 साउन २०, २०७९ शुक्रबार १७:५२:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताइवानकाे पछिल्लाे घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएकाे बताउनुभएकाे छ । 

आज शुक्रवार बेलुकी जापान जानुअघि प्रचण्डकाे निजी सचिवालयले वक्तव्य जारी गर्दै ताइवान घटनाप्रति ध्यानाकर्षण भएकाे जनाएकाे हाे । 

‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ’, वक्तव्यमा भनिएकाे छ ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलाेसीले ताइवान भ्रमण गरेपछि चीन अमेरिकासँग रिसाएकाे छ । चीनले ताइवान नजिककाे क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेकाे छ । साथै कैयाैँ मिसाइल प्रहार गरिरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया