पाँच दिने भ्रमणका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान

 साउन २१, २०७९ शनिबार ६:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गर्नुभएको छ । पाँच दिने भ्रमणका लागि प्रचण्ड गएराति नेपाल एअरलाइन्सको विमानबाट जापान जानुभएको हो ।

प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहनुभएको छ ।

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्डले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ । प्रचण्डले आज जापानको फुकुओकामा हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नुहुनेछ ।

भोलि हिरोसिमाको भ्रमण गर्नुहुनेछ । अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे सचिवालयले जनाएको छ । प्रचण्ड साउन २५ गते स्वदेश फर्कनुहुनेछ ।

तस्बिर : फेसबुक

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया