कोरोना सङ्क्रमण फैलिएपछि तेह्रथुमको मेन्छ्यायेमका विद्यालय ४ दिनका लागि बन्द

 साउन २२, २०७९ आइतबार १४:४६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – कोरोना भाइरसको सङ्क्रमण बढेपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले चार दिनका लागि विद्यालय बन्द गरेको छ ।

गाउँपालिकाका सबैजसो विद्यालयमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भोलि साेमवारदेखि चार दिनसम्मका लागि विद्यालयमा बिदा दिइएको गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिनुभयो ।

अहिले दिएको बिदा विद्यालयले दिने मिन पचासमा मिलान गर्ने पनि गाउँपालिकाले जनाएको छ । शिक्षक, विद्यार्थीसँगै गाउँमा पनि कोरोना सङक्रमण बढेको अध्यक्ष खापुङले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया