उपेन्द्र यादवसँगै सरकारमा बसेर काम गर्न गाह्राे छैन : राजेन्द्र महतो

 साउन २४, २०७९ मंगलबार १६:१३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुङ्गो लाग्ने बताउनुभएको छ । 

आज मङ्गलवार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आउँदाे चुनावका लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताउनुभयो । छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुङ्गो लाग्ने उहाँकाे भनाइ ५ । उहाँले जसपासँग सँगै बसेर काम गरिसकेकोले सरकारमा सँगै बस्नका लागि कुनै गाह्राे नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी चुनावको तयारीमा लागिसकेका छाैँ । गठबन्धनको सवाल पनि उठिरहेको छ । अहिले पाँच दलीय गठबन्धनको तर्फबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा हामी टुङ्गोमा पुग्नेछौँ । छैटौँ दलको रूपमा गठबन्धनमा जाने हो वा होइन चाँडै हामी टुङ्गोमा पुग्छौँ । जसपा र हामी एउटै सरकारमा बसेर जान केही गाह्रो छैन ।’

सांसद महताेले नागरिकता मुद्दाको विषयको सवालमा नै सरकारलाई सहयोग गर्न लागेको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया