सरकारले राम्राे काम गर्दा पनि एमालेले साथ दिएन : सांसद देव

 साउन २५, २०७९ बुधबार १५:२४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साथ नदिएको गुनासो गर्नुभएको छ । 

आव बुधवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका सांसद देवले निष्पक्ष ढङ्गले पालिका चुनाव सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधि सभा र प्रदेश सभाको चुनावकाे मिति घोषणा हुनु, नागरिकतासम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भए पनि एमालेले साथ नदिएको बताउनुभएको हो । उहाँले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि पटक–पटक आग्रह गर्नुभयो । 

लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले तीन/चार वटा युगान्तकारी काम गरेको छ । शान्तिपूर्ण तरिकाले, स्वतन्त्र ढङ्गले पालिका चुनाव सम्पन्न भएको छ । अब मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुन गइराखेको छ । यही सदनले महिला हिंसाविरुद्धको ऐन संशोधन गरेकाे छ । यही सदनले नागरिकतासम्बन्धी ऐनलाई संशोधन गरेको छ । यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरूले के भन्नुहुन्छ ? यो पनि ठिक गरेन ? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौँ ? संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका रचनात्मक हुन्छ । तर अत्यन्त नकारवादको सिकार प्रमुख प्रतिपक्ष भइराखेको छ ।’

सांसद देवले मुख्य राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बेलामा अझै पनि एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोपसमेत लगाउनुभयो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया