जापान भ्रमण निकै उपलब्धिमूलक भयो : प्रचण्ड

 साउन २५, २०७९ बुधबार १७:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जापान भ्रमण निकै उपलब्धिमूलक भएको दाबी गर्नुभएको छ ।

पाँच दिने भ्रमण सकेर आज बुधवार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमण उपलब्धिमूलक रहेको र नेपाल–जापानको दुई पक्षीय सम्बन्ध विस्तार गर्ने हिसाबले भ्रमण सफल रहेको पनि बताउनुभयो । उहाँले आउँदो मङ्सिर ४ गते हुन लागेको संसदीय चुनावमा पर्यवेक्षणका लागि जापानी संसदीय टोलीलाई नेपाल बोलाएको र टोलीले आउने आश्वासन दिएको जानकारी दिनुभयो ।  

भ्रमणका क्रममा जापानी सरकारी टोली र पार्टीका नेताहरूसँग सूचना प्रविधि, कृषि, पर्यटन, फोहर व्यवस्थापन र जलविद्युतका विषयमा सहकार्य र सहयोग रहने विषयमा कुरा राखेको प्रचण्डले बताउनुभयो ।

यसैबीच उहाँले हिजो जापानमै आफ्ना लागि राखिएको रात्रिभोजमा प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराई पनि सहभागी भएको र त्यसले नेपालमा चुनावको बेलामा के सत्तापक्ष के प्रतिपक्ष भन्ने राम्रो सन्देश दिएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया