नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु हुँदैन : प्रचण्ड

 साउन २५, २०७९ बुधबार १७:५६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु नहुने बताउनुभएको छ । 

पाँच दिने जापान भ्रमण सकेर आज बुधवार नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । ढिलो पनि गर्नु हुँदैन ।’

त्यस्तै अध्यक्ष दाहालले जापान भ्रमणका क्रममा लिबरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद् सदस्य एवम् नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँगको भेटमा एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने कुरा भएको सुनाउनुभयो । 

उहाँले आफ्नो जापान भ्रमण राम्रो भएको प्रतिक्रियासमेत दिनुभयो । अध्यक्ष दाहालले आफ्नो भ्रमणका क्रममा जापानमा रहेका नेपाली र जापानी अधिकारीहरूको पनि सक्रिय सहभागिता रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया