अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीला...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्न आग्रह गर्नुभयो । बिहीवार काठमाण्डौमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
शैक्षिक क्यालेन्डरअनुसार समयमै परीक्षा हुनुपर्ने र समयमै नतिजा निस्किनुपर्ने मन्त्री पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘सबै विश्वविद्यालयले प्राध्यापकहरूको सहयोगमा क्यालेन्डर प्रणाली लागू गरौँ । क्यलेन्डर प्रणाली लागू नहुँदा बेथिति भएको छ । जाँच भएको लामो समयसम्म परीक्षाको रिजल्ट ननिस्किने, परीक्षा हुन ढिलो हुने, उच्च शिक्षामा नेपालको पठनपाठन नियमित छैन भन्ने बाहिर म्यासेज गएको छ । विशेष अनुरोध छ, क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गरौँ । क्यालेन्डर प्रणाली लागू भयो भने विद्यार्थीलाई समयमा पढाइ हुन्छ, समयमा रिजल्ट निस्किन्छ भन्न सक्छौँ ।’
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने उहाँको भनाइ छ । उहाँले आशिंक, करारलगायतका प्राध्यापकहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गर्नुभयो ।
एकपटकका लागि प्राध्यापकहरूको समस्या समाधान गरेर आउँदा दिनमा भने प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक नियुक्ति गर्ने गरी अघि बढ्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो । विश्वविद्यालय सुधार्ने जिम्मेवारी सरोकारवाला सबैको काँधमा रहेको भन्दै उहाँले सरकारको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको आश्वासन दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Pramod Kumar Sah
Aug. 11, 2022, 11:49 p.m.The future is directly connected with student's certificate. For example:- Anyone who want to service as a policeman. The age limitations is there like for ASI 23 YEAR for Inspector 25 year Let us consider, the fourth year examination is given by a student when his/her age become 24 year 6 month. If result published after 6 month of examination then he/she couldn't get a chance to apply a form in Nepal police. So, it is far better to publish the result in time.
Janga magar
Aug. 11, 2022, 8:34 p.m.त्रिभुवन बिश्वबिदयालयले शिक्षा संकाय तर्फ ४ बर्षे बिएड प्रथम बर्षको परिक्षा भएको 13 महिदा पुग्दा सम्म नतिजा किन प्रकाशन हुन सकेको छैन ..? कहिले सम्म प्रकाशन हुन्छ होला कृपया उज्यालो ले रिपोर्टिङ गरिदिन पर्यो TU सङ्ग