नेपाली सेनाकाे भोलिदेखि फोटो तथा वृहद प्रदर्शनी
माघ १४, २०८१ सोमबार
माेरङ : पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारीबीचको सडक खण्डको खाल्टाखुल्टी नपुरिँदा दैनिक गाडी दुर्घटना हुने गरेको छ । मोरङको उर्लाबारी नगरपालिकामा अन्तर्गत पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारीबीचको सडक खण्ड ६/७ महिनादेखि कालाेपत्र गरिएको ठाउँमा भएका खाल्टाखुल्टी नपुर्दा गाडी चालक र यात्रुले सास्ती बेहोर्दै आउनुपरेको हो । सात महिना अघिदेखि यस्तो समस्या हुँदासम्म सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।
यही बाटो दैनिक हिँड्ने चालकहरू यस क्षेत्रमा डराएर गाडी चलाउनुपरेको बताउँछन् । गएको पाँच महिनायता सडकको स्थिति दयनीय रहेको उनीहरूको भनाइ छ । पालिकाको लापर्बाहीका कारण सडक मर्मत नहुँदा हरेक दिनजसो दुर्घटना हुने गरेको उनीहरूले बताए ।
यो बाटो हुँदै दैनिक प्रदेश सरकारका सांसद, मन्त्री र मुख्यमन्त्री हिँड्ने गरे पनि आवश्यक चासो नदिएको स्थानीयवासी बताउँछन् । बाटो भत्किएकै क्षेत्र उर्लाबारी ३ मङ्गलबारेमा सडक विभागको कार्यलय छ । तर सडकको अवस्था न सांसदले देख्छन् न सडक विभागले नै हेर्छ । कार्यालय परिसरमा सडक आसपास राखिने ठूल्ठूला बोर्ड र कार्यालय झारैझारले भरिएको र माकुराको जलैजालोले भरिएको छ । कार्यालय नामको मात्रै रहेको स्थानीयवासी बताउँछन् ।
देशकै मुख्य बाटोको हालत यस्तो हुँदासम्म कुनै पक्षले चासो दिएको देखिँदैन । दैनिक हजारौँको सङ्ख्यामा गाडी गुड्ने बाटोको अवस्था भनिसाध्य छैन । यही बाटो भएर धेरै गाडी जिल्ला सदरमुकाम विराटनगर र देशको सङ्घीय राजधानी काठमाण्डौ जाने गरेका छन् । यही बाटोमा ठाउँ–ठाउँमा पटके कर र ट्राफिक चेकिङ हुन्छ तर बाटो भने मर्मतमा भने कसैलाई चासो छैन । महिनौँदेखि साना गाडी फस्ने खाल्टाखुल्टी हुँदासम्म तीनै तहका सरकार मौन छन् ।
न्युज एजेन्सी नेपालकाे सहयाेगमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।