कर्णाली राजमार्ग ३६ घण्टा बन्द : दैलेख र कालीकोटमा पक्की पुलको भार क्षमता जाँच गरिँदै

 भदौ ७, २०७९ मंगलबार ७:८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पुलको भार क्षमता जाँच गर्न कर्णाली राजमार्ग ३६ घण्टा बन्द भएको छ । राजमार्गका दुई ठाउँमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि बन्द गरिएको हो ।

कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गरिने भएको छ । सडक डिभिजन कार्यालय जुम्लाको पत्रअनुसार घट्टेखोलामा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका लागि आज बिहान ६ बजेदेखि बन्द गरिएको छ ।

राजमार्गको दुवैतर्फको आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताउनुभयो । कर्णाली राजमार्ग बन्द रहने विषयमा जिल्ला प्रशासन कार्यालय कालीकोट, सुर्खेत, जुम्ला र मुगुलाई जानकारी गराएको पनि उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालय, जुम्लाले अनिवार्य पुलको टेस्टिङ गर्नुपर्ने भनेको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो।   

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया