काठमाण्डौ मलको अनधिकृत संरचना महानगरले डोजर लगाएर हटायो

 भदौ ८, २०७९ बुधबार १२:३४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सुन्धारामा रहेको काठमाण्डौ मलको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । त्यस्तै नेपाल प्रहरी र महानगरपालिकाको प्रहरी टोली पनि खटिएको थियो । यसअघि गएको सोमबार महानगरले बानेश्वर क्षेत्रमा घर बनाउँदा पार्किङकाे लागि भनेर अहिले अन्य रूपमा प्रयोग भइरहेका संरचना भत्काएको थियो ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया