नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ : मेयर बालेन्द्र साह

 भदौ ९, २०७९ बिहीबार १६:५९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले कानुनअनुसार नै काम गरेकाे बताउनुभएकाे छ । 

आज बिहीवार दिउँसाे नयाँ बानेश्वरमा रहेकाे अल्फा बिटा कम्प्लेक्सकाे अवैध संरचनामा डाेजर चलाएपछि मेयर साहले यस्ताे बताउनुभएकाे हाे । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’

यस्तै उहाँले आफैँले बुझेर अवैध संरचना हटाउन आग्रह गर्दै नक्सा जसरी पास भएको छ, त्यहीअनुसार संरचना बनाउन पनि आग्रह गर्नुभएकाे छ । 

 यसअघि आज बिहान अवैध संरचना हटाउन पुग्नुभएका मेयर र कम्प्लेक्सका निर्देशक द्विराज शर्माबीच चर्काचर्की भएको थियाे ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया