रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले रत्नपार्ककाे सब–वे मा बनेको अनधिकृत संरचना भत्काएको छ । त्यहाँ केही संरचनाहरू अनधिकृत रहेकाले भत्काउन थालिएको महानगर प्रहरीले जनाएको छ । महानगर प्रहरीको टोलीले केही शटरहरू पनि भत्काएको छ । फुटपाथका स–साना सटरहरू पनि भत्काइएका छन् । आफैँ खाली गर्छाैँ भनेकालाई भने छाडिएको महानगरपालिकाले जनाएको छ ।
काठमाण्डौ महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत हिजो शनिवार वनस्थलीको ढुङ्गेधारा क्षेत्रमा बनाइएका अवैध संरचना हटाएको थियो । यस्तै अस्ति शुक्रवार त्रिपुरेश्वरमा रहेको राहदानी विभागको पार्किङ क्षेत्र खाली गराएको थियो । महानगरपालिकाले गएको सोमवारदेखि नक्सा विपरीत निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि त्यहीअनुसार प्रयोग नगरिएका संरचना हटाउने अभियान थालेको हो ।
यो अभियानअन्तर्गत बानेश्वर कम्प्लेक्स, काठमाण्डौ मल, र आरबी कम्प्लेक्सका १४ साना पसल र अल्फा बिटामा निर्माण गरिएको अवैध संरचना भत्काइ सकिएको छ । आनाकानी गर्दै आए अरू ठाउँका संरचनामा पनि डोजर चलाउन महानगर बाध्य हुने महानगरको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभएको छ ।
अहिले बेसमेन्ट र भूमिगत पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यो अभियानबाट पार्किङको समस्या कम भएसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरपालिकाले विश्वास लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।