संसद् गठबन्धनका नेताहरूको क्लब, सभामुख क्लबका म्यानेजर ! : सांसद राई

 भदौ १६, २०७९ बिहिबार १८:३९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्यालले संसद् गठबन्धनका नेताहरूकाे क्लब जस्ताे भएकाे टिप्पणी गर्नुभएकाे छ । बिहीवार राष्ट्रिय सभामा पेस भएको नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद राईले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको सम्बन्धमा गठबन्धनको निर्णय जस्तै संसदमा जस्ताको तस्तै पेस गर्ने विषयमा संसद् गठबन्धनका नेताहरूको क्लब जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले संसदका सभामुख क्लबका म्यानेजर जस्तो कुनै छलफल नगर्ने गठबन्धनले जे निर्णय गर्‍याे त्यही हुने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘राष्ट्र प्रमुखले नागरिकता विधेयकमा धेरै पक्षमा अध्ययन गर भनेर संसदमा पठाएपछि केही न केही संशोधन गर्न सक्नुपर्ने थियो । त्यो नगर्नु भनेको राष्ट्राध्यक्षलाई अपमान गरेको मैले ठानेको छु । बालुवाटारभित्र भएको एउटा निर्णयले हामी सबैलाई बाँधेको छ । यो धेरै दुःख लाग्दो विषय हो । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएपछि बालुवाटारमा बसेको गठबन्धनको बैठकले फिर्ता आएको विधेयक घमण्ड र अहङ्कारका साथ जस्ताको त्यस्तै पास गर्ने निर्णय भयो । त्यो बेला मलाई कस्तो लाग्यो भने हाम्रो संसद् गठबन्धनका नेताहरूको क्लब जस्तो लाग्यो । सभामुखहरू क्लबका म्यानेजर हुन् कि क्या हो । संसदमा छलफल नै नगर्ने गठबन्धनले जे निर्णय गर्छ त्यही संसदमा हुन्छ । प्रतिनिधि सभाले गठबन्धनको अहङ्कार नै बोलेर पास भएर आयो ।’

सांसद राईले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको तस्तै संसदबाट पास गर्नु राष्ट्राध्यक्षलाई अपमान गरेको महसुस भएको बताउनुभयो । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै फिर्ता पठाएर राम्रो नजिर नबसेको उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया