यो हप्ता सुनको भाउ समग्रमा २ हजार १ सय रुपैयाँले घट्यो

 भदौ १७, २०७९ शुक्रबार ११:५४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यो हप्ता सुनको भाउ समग्रमा दुई हजार एक सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन  आइतबार तोलामा ९५ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ अन्तिम दिन आज ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तोकिएको भाउ हिजोको भन्दा एक सय रुपैयाँले सस्तो हो । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता देखिएकाले भाउमा घटबढ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अहिले सुनको भाउ घटबढ हुनुमा कुनै कारण देखिएको छैन ।

यस्तै, यो हप्ता चाँदीको भाउ पनि घटेको छ । समग्रमा चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलाको एक हजार एक सय ६० रुपैयाँ रहेको चाँदी आज एक हजार एक सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।  
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया