उपमेयर सुनिता डंगोलद्वारा आफ्नो एक सय दिनको काम सार्वजनिक

 भदौ २२, २०७९ बुधबार १२:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो एक सय दिनको कामसँगै आउँदो योजना सार्वजनिक गर्नुभएको छ । उहाँले एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना सार्वजनिक गर्नुभएको हो । 

यसबीचमा पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र  ५१ वटा विवाद निरुपण भएको उहाँले जानकारी दिनुभएको छ । महानगरपालिकाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने तथा समस्या बुझ्ने काम गरेको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु भएको, वडास्तरीय महिला सेल गठन भएको, शिक्षा क्षेत्रमा सुधारको प्रयास भएको, इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न पहल गरेको, नेपालभाषाको डिजिटल शब्दकोष निर्माण सुरु गरेको, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता दिएको विवरण उहाँले सार्वजनिक गर्नुभएको छ । 

उपमेयर डंगोलले  करको दायरा वृद्धि गरी वैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजस्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजीकरण भइरहेको, सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको, सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारबाही अघि बढेको लगायतका योजनाबारे पनि जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया