रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले...
पुस ४, २०८१ बिहिबार
बाँके – डेङ्गी सङ्क्रमणका कारण बाँकेमा दुई जनाको ज्यान गएको छ । डेङ्गी सङ्क्रमणपछि भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको अस्पतालले जनाएको छ । ज्यान गुमाउनेमा ८६ वर्षका पुरुष र १२ वर्षकी बालिका रहेका छन् ।
डेङ्गीका कारण यसअघि कैलाली र ललितपुरमा पनि एक–एक जनाको ज्यान गएको थियो । प्रकोपका रूपमा फैलिएको डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ७५ जिल्लामा गरी ६ हजार सात सय सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सबैभन्दा बढी ललितपुरमा दुई हजार चार सय ७९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । डेङ्गीबाट बढी प्रभावित हुनेमा काठमाण्डाै उपत्यकाका तीन जिल्लासहित धादिङ, मकवानपुर, रुपन्देही, तेह्रथुम, सिन्धुली, काभ्रे र गुल्मी छन् ।
गएको वर्षको तथ्याङ्कअनुसार डेङ्गी असोज अन्तिमसम्मै फैलिने महाशाखाले जनाएको छ । डेङ्गी प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।