एडीबीलाई सहुलियतपूर्ण ऋण सहयोग गर्न अर्थमन्त्री शर्माको आग्रह

 भदौ २४, २०७९ शुक्रबार ११:५७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक एडीबीलाई सहुलियतपूर्ण ऋण दिन आग्रह गर्नुभएको छ।

एडीबीका उपाध्यक्ष अशोक लाभासासँगको भेटमा अर्थमन्त्री शर्माले नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गर्नुभएको हो । उहाँले निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इञ्जिन भएको भन्दै निजी क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको पनि बताउनुभयो ।

अर्थमन्त्री शर्माले ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा लगानी आवश्यक रहेको बताउँदै त्यसमा लगानी बढाउन एडीबीलाई आग्रह गर्नु भएको हो।

मन्त्री शर्माले नेपालले सन् २०२६ सम्म अतिकम विकसित देशबाट स्तरोन्नति हुनका लागि समेत निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । यस्तै, उहाँले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नरहे पनि त्यसको मार खेपिरहेको बताउनुभयो।

जवाफमा एडीबीका उपाध्यक्ष लाभासाले एडीबी नेपाल सरकार र नेपाली नागरिकसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको समेत बताउनु भएको छ। 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया