एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - पर्यटन विभागले साहसिक प्रकृतिका खेलहरुसँग सम्बन्धित व्यवसाय नियमअनुसार मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ । कतिपय व्यवसायीले नियमअनुसार सम्बन्धित कार्यालबाट उद्योग/व्यवसाय दर्ता नगरि तथा नवीकरण नै नगरि सञ्चालन गरेको पाइएकोतर्फ ध्यानाकर्षण भएको विभागले जनाएको छ ।
वातावरण संरक्षण नियमावली, २०७७ को नियम ३ सँग सम्बन्धित बन्जी जम्पिङ्ग, स्वीङ्ग, क्यानोनिङ, स्काइ डाइभिङ, जीप फ्लाइङ, हाइ रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, फन पार्कलगायत अरु साहसिक तथा पर्यटन पूर्वाधारका आयोजना निर्माण तथा सञ्चालन गर्न वातावरणीय अध्ययन गरी इजाजत लिएर मात्रै गर्न विभागले आग्रह गरेको हो ।
पर्यटन विभागले आज सूचना निकालेर मापदण्ड र नियमअनुसार उद्योग/व्यवसाय सञ्चालन नगरेको भेटिएमा कानुन अनुसार दण्ड र जरिबाना गर्ने पनि चेतावनी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।