कालीकाेटमा उत्पादन भएका रैथाने बाली पालिकाले नै खरिद गरी बजारीकरण गर्ने

 भदौ २६, २०७९ आइतबार ११:३७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कालीकोट - कालीकोटमा लोपोन्मुख रैथाने बाली संरक्षण गर्न किसान जुटेका छन् । रैथाने बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् ।

जिल्लामा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् ।

झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्य रूपमा ती बाली उत्पादन हुने गर्दथ्यो । यसवर्ष एक रोपनी जग्गामा चिनुखेती गरेको खाँडाचक्र नगरपालिका– ११ स्थानीय जीवन गिरीले जानकारी दिनुभयो । परीक्षणका रूपमा यो वर्ष एक रोपनी जग्गामा खेती गरिएको उहाँको भनाइ छ । स्थानीय सरकारले पनि रैथाने बाली संरक्षणका लागि पहल थालेको छ ।

लोपोन्मुख रैथाने बाली संरक्षणका लागि नगरले आफ्ना नीति तथा कार्यक्रममै समेटेको तिलागुफा नगरपालिकाका मेयर शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । नगरभित्र उत्पादित रैथाने बाली नगरले नै खरिद गरी बजारीकरण गर्ने उहाँले बताउनुभयो ।

रैथाने बाली संरक्षणका लागि गाउँपालिकाले  पनि विभिन्न कार्यक्रम सुरु गरेको पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले जानकारी दिनुभयो । पलाँता क्षेत्रमा कोदो, चिनु, कागुनु, फापर, सिमी र आलु उत्पादन हुने र यी बालीलाई अब जिल्ला बाहिर निर्यात गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया