५९ जना मिटरब्याजबाट मुक्त, ऋण लेनदेनकाे कागजात च्यातियाे

 भदौ २७, २०७९ सोमबार १८:३६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले मिटरब्याजीविरुद्ध कारबाही सुरु गरेपछि ५९ जना पीडित मिटरब्याजबाट मुक्त भएका छन् ।

सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेर कारबाही सुरु गरेपछि हिजो आइतवारसम्म ५९ जना पीडितसँग गरेको ऋण लेनदेनको कागज च्यातेर उनीहरूलाई मिटरब्याजबाट मुक्त गरिएको कार्यदलका संयोजक भीष्मकुमार भुसालले जानकारी दिनुभयो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिटरब्याजी र पीडित दुवै पक्षलाई राखेर छलफल गराइ कागज च्यातिएको संयोजक भुसालले बताउनुभयो ।

सरकारले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेपछि विभिन्न जिल्लामा गरी दुई हजार दुई सय ८९ जना पीडितले उजुरी दिएका छन् । विभिन्न जिल्लाबाट काठमाण्डौ आएर न्याय माग्दै शान्तिपूर्ण आन्दोलन सुरु भएपछि सरकारले उनीहरूलाई न्याय दिलाउनका लागि कार्यदल गठन गरेर काम गरिरहेको हो ।

यस्तै भदौ ७ गतेदेखि हिजोसम्म सात जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र सात जनामाथि अनुसन्धान भइरहेको संयोजक भुसालले जानकारी दिनुभयो । 

यसैबीच गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यलदलले गृहमन्त्री बालकृष्ण खाणलाई २२ बुँदे सिफारिससहित प्रतिवेदन बुझाएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया