चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फिर्ता

 भदौ ३०, २०७९ बिहिबार १०:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फर्किनु भएको छ ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले बिदाइ गर्नुभयो ।  ली गएको सोमवार दिउँसो नेपाल भ्रमणमा आउनु भएको थियो । उहाँलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । त्यही दिन सभामुख सापकोटा र लीबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्र मन्त्री डाक्टर नारायण खड्का, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नु भयो ।

६७ जनाको टोलीको नेतृत्व गर्दै नेपाल आएका जनकंग्रेसका अध्यक्ष लीले हिजो बिहान भक्तपुर दरबार स्वायरको पनि अवलोकन गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया