राष्ट्रिय भूमि आयोगद्वारा लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित

 असोज १, २०७९ शनिबार ८:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय भूमि आयोगले जग्गाको लालपुर्जा वितरणको काम तत्कालका लागि स्थगित गरेको छ । निर्वाचन आयोगको निर्देशन अनुसार जग्गावितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण काम तत्काल स्थगित गरिएको भूमि आयोगले जनाएको छ ।

आयोगका अनुसार साउन ३१, भदौ १, २ र २९ को सूचनामा उल्लेखित कामका अतिरिक्त लगत सङ्कलन, नापजाँच तथा निस्सा तथा जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने काम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

निर्वाचन आयोगले यसअघि लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै निर्वाचन आयोगले भूमि आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया