भैरहवा विमानस्थलबाट जजिरा एअरवेजले हप्तामा सात उडान गर्ने

 असोज १, २०७९ शनिबार ८:३१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ ।

गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एअरवेजले अबदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  

भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि जजिरा एअरवेजले आफ्नो उडान हप्तामा सातै दिन राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

अबुधावी बेस रहेको विज एअरले पनि भैरहवा विमानस्थलबाट आउँदो अक्टोबर ३० तारिखदेखि नियमित उडान गर्ने अनुमति पाइसकेको प्राधिकरणले जनाएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म ११ हजार यात्रुले उडान अवतरण गरिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया